दफा ३१
पुनर्बीमा सम्बन्धी अन्य व्यवस्था
(१) ऐनको दफा ८१ बमोजिम बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफूले धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउनु पर्नेछ।
(२) पुनर्बीमा व्यवसाय गर्ने बीमकले ऐनमा उल्लिखित: शर्तको अतिरिक्त देहाय बमोजिम हुने गरी व्यवसाय गर्नु पर्नेछ:-
(क) प्रत्येक वर्ष आफूले गरेको पुनः पुनर्बीमा (रेट्रोशेसन) उचित र पर्याप्त रहे नरहेको सम्बन्धमा बीमाङ्कीबाट जाँच गराउनु पर्ने,
(ख) व्यवसायमा हुने जोखिम, व्यवसायको प्रकृति, जोखिम धारण क्षमता तथा पुनर्बीमकको क्रेडिट रेटिङ्ग समेतलाई आधार मानी पुनः .पुनर्बीमा(र्ट्रोशेसन) गर्नु पर्ने,
(ग) पुनः पुनर्बीमा .रेट्रोशेसन) गर्नुपूर्व पुनर्बीमकको प्राविधिक तथा वित्तीय क्षमताको विश्लेषण .गर्नु पर्ने ।
(३) बीमकले जारी गर्ने प्रत्येक .बीमालेखले रक्षावरण गरेको जोखिम आफूले धारण नगरी _ शतप्रतिशत पुनर्बीमा गराउनु हुँदैन।
(४) पुनर्बीमा व्यवसाय गर्ने .बीमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको अंशको पुनः पुनर्बीमा (रेट्रोशेसन) गराउनु पर्नेछ ।